शिक्षक विरूद्ध विद्यार्थीलाई उक्साउदै क्याम्पस प्रशासन

नेपाल आंशिक प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जले त्रिविको निर्णय विरूद्ध क्याम्पस प्रशासनले कार्य गरिरहेकाेमा विराेध गरेको छ ।

आंशिक प्राध्यापक संघले माग पूरा गर्नुकाे साटो विद्यार्थीलाई उक्साउने र आन्दोलन तुहाउने नियोजित प्रयास भैरहेको तर्फ संघको गम्भीर ध्यानाकर्षण भएको आज प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको ।

आँशिक शिक्षकको व्यवस्थापन गर्न त्रिविको परिपत्र समेत क्याम्पस प्रशासनबाट उदासिनता देखिएको छ । २०६२ सालदेखिकाे आंशिक शिक्षक व्यवस्थापन नगर्नु नीतिकाे अभाव हैन नियतकाे परिणाम हाे भन्नू हुन्छ भेषराज भुसाल । उहाँका अनुसार चरण रूपमा पेसागत हितका लागि प्रशासनसँग संवाद, समन्वय गर्दा समेत व्यवस्था गरेकोले बाध्य भएर पढनपाठन राेकेकाे जानकारी दिनु भयो । विगत केही दिनदेखि क्याम्पस अध्ययन अध्यापन बन्द भएको छ ।

संघका अध्यक्ष धनिराम थापाले   प्रेस विज्ञप्ति जारी गर्दै समयमा आंशिक शिक्षककाे समस्या समाधान नगरे उत्पन्न हुने सबै समस्याको जिम्मेवारी क्याम्पस प्रशासन हुने बताउनु भएको छ ।

क्याम्पस प्रशासनले शिक्षकहरूमा विभाजन ल्याउने, विद्यार्थीहरुलाई पेसागत हितको चालू आन्दोलनका विरुद्ध उक्साउने कार्य बन्द गर्न र हाम्रा मागहरुप्रति गम्भीर हुन पुनः क्याम्पस प्रशासनको ध्यानाकर्षण गराउछाै भनिएको छ ।

विज्ञप्ति
उपर्युक्त विषयमा नेपाल आँंशिक प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज, इकाई समिति समान कामको समान ज्यालासहित पूर्णकालीन करारको एक सुत्रिय माग राखी विगत चर बर्षदेखि आन्दोलनरत रहेको सर्वविदितै छ । मिति २०८१ चैत्र १४ गतेदेखि शुरु भएको पछिल्लो चरणको आन्दोलनको क्रममा क्याम्पस प्रशासनबाट आँशिक शिक्षकहरुलाई विभाजित गर्ने, विद्यार्थीहरुलाई उक्साउने र आन्दोलन तुहाउने नियोजित प्रयास भैरहेको तर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
त्रि.वि.वि.ले आफ्ना आंगिक क्याम्पसहरुमा विभिन्न आधारमा आँशिक शिक्षकहरुको व्यवस्थापन गर्न परिपत्र गर्दा समेत क्याम्पस प्रशासनबाट उदासिनता देखिएको छ । साथै वि.सं. २०६२ पछि पटकपटक आँशिक शिक्षकहरुलाई करार गर्न स्वीकृति दिँदा पनि तत्कालीन र हालका क्याम्पस प्रमुखले कार्यान्वयन गर्ने आँट नगर्दा अवसरहरु गुमाउनु परेको पिडा कायमै छ । साथै विभिन्न समयमा क्याम्पसका कार्यक्रमहरु सञ्चालनकालागि करार स्वीकृत आएको तर आँशिक शिक्षककै आन्दोलनका कारणले कार्यान्वयन गर्न नसकिएको भन्ने भ्रमपूर्ण हल्ला फिँजाएर शिक्षकहरुमा विभाजन ल्याउने यस्तो दुस्प्रयास समेत भैरहेकोले नियमित, आत्मनिर्भर ९क्भाि(क्गकतबष्लभम० तथा निजी स्रोततर्फ अध्यापनरत सम्पूर्ण आँशिक शिक्षकहरु भ्रममा नपर्न र विचलित नहुन आव्हान गर्दछौँ ।
साथै अबउप्रान्त आफ्ना कमजोरीहरु छिपाउन शिक्षकहरुमा विभाजन ल्याउने, विद्यार्थीहरुलाई पेसागत हितको चालू आन्दोलनका विरुद्ध उक्साउने कार्य बन्द गर्न र हाम्रा मागहरुप्रति गम्भीर हुन पुनः क्याम्पस प्रशासनको ध्यानाकर्षण
गराउँद्छौँ । साथै समयमा नै आँशिक शिक्षकहरुको माग सम्बोधन नगर्दा उत्पन्न हुने सबै किसिमका समस्याको जिम्मेवार क्याम्पस प्रशासन नै हुने समेत जानकारी गराउँद्छौँ ।

धनीराम थापा
अध्यक्ष