
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाले नीजि निवास बूढानिलकण्ठमा बैठक बोलाएका हुन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ९ बजे पार्टी सभापति देउवा निवासमा बस्नेछ । बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा छलफल हुने उनले बताए ।