अरूले के गर्दछन्, एमाले गणतन्त्रको रक्षाकाे माेर्चामा उभिन्छ: महासचिव पाेखरेल

फाइल तस्बिर

नेकपा (एमाले) का महासचिव शंकर पाेखरेलले अरूले के गर्दछन् आफ्नो पार्टी गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिने जानकारी गराउनु भएको छ ।

गणतन्त्र दिवसको दिन पूर्वराजाका समर्थककाे नाममा भइरहेका गणतन्त्र विराेधी कार्यकाे विरोध र गणतन्त्रको रक्षाका लागि एमालेले सधैं अग्रमाेर्चामा रहने महासचिव पाेखरेलले आफ्नो धारणा सामाजिक सञ्जालमा अभिव्यक्त गर्नु भएको छ ।

महासचिव पाेखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ । `अरु के गर्दछन् उनीहरुको कुरा हो । तर नेकपा(एमाले) गणतन्त्रवादी भएकोले त्यसको रक्षाका लागि सबै मोर्चामा दृढतापूर्वक उभिन्छ ।´

,
मंगलबारनै एमाले १५ गते स्थानीय स्तरमा पार्टी सचिवालयकाे निर्णय मार्फत अवान्छित क्रियाकलापका विरुद्धमा पार्टीपङ्क्ति एकताबद्ध र सक्रियापूर्वक लाग्नु पर्ने निर्देशन दिएको छ । नेकपा (एमाले) का महासचिव पाेखरेलले जारी गरेको निर्देशन एमालेले जेठ १५ गते सबै पालिकाहरू गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ ।
निर्देशनमा बलिदानीपूर्ण संघर्षबाट स्थापित लोकतान्त्रिक गणतन्त्रका विरुद्धका प्रतिगामी र अराजकतावाद विरूद्धपार्टीपङ्क्ति एकताबद्ध भएर लाग्नुपर्ने बताएको छ । सचिवालयको ५२औं बैठकले कम्युनिष्ट विरोधी बाह्य शक्तिबाट नियोजित प्रहार भइरहेको र जनताको बलिदानीपूर्ण संघर्षबाट स्थापित लोकतान्त्रिक गणतन्त्रका विरुद्धका क्रियाकलाप गम्भीर चिन्ताको विषय भएको उल्लेख गरेको छ ।

लोकतान्त्रिक गणतन्त्रका पक्षमा जनमत निर्माण, सामन्ती राजतन्त्रको अन्त्य भई लोकतान्त्रिक गणतन्त्र स्थापना भएको जेठ १५ गतेको गणतन्त्र दिवसलाई विभिन्न कार्यक्रम गरी उत्सवका रुपमा मनाउन आमजनतालाई समेत आह्वान गरेेकाे छ ।

पालिकास्तरमा आयोजना हुने कार्यक्रमको आयोजना पालिका पार्टी कमिटीले र त्यसको संयोजन प्रदेश र जिल्ला कमिटीले गर्न निर्देशन गरेको छ । प्रदेश कमिटी र जिल्ला कमिटीले आफ्नो कार्यक्षेत्र अन्तर्गत सम्पन्न भएका कार्यक्रम जानकारी सहितको रिपोर्ट केन्द्रीय कार्यालयमा पठाउन निर्देशन गरेको छ ।