क्षितिज थेबे दाेस्राे कार्यकालका लागि निर्वाचित

नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघको १० औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न मतगणनाबाट प्रतिद्धन्द्धी सुमन पुरीलाई हराउँदै थेबे अध्यक्षमा निर्वाचित भएका हुन् । थेबेले ७ सय ९६ मत ल्याउँदा पुरीले ६ सय ८ मत ल्याएका छन् । १ सय ८८ मत बढी ल्याउँदै थेबे अध्यक्षमा निर्वाचित भएका हुन् । पोखरा सभागृहमा आज सकिएको मतदानमा १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना मतदानमा सहभागी भएका थिए ।

विजयी पदाधिकारी
अध्यक्ष : क्षितिज थेवे
उपाध्यक्ष : महारज गुरुङ
उपाध्यक्ष : विनय शाह
महासचिव : महेश चौलागाईं
उपमहासचिव : उपेन्द्र शाही
सचिव : निसा लिम्बू
सचिव : मोविन अख्तर अलाम
सचिव : अरुण कुवर
सचिव : देवु वस्नेत