ज्ञानेन्द्र मल्ल इसेवाको ब्राण्ड एम्बेस्डर नियुक्त

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल पेमेन्ट गेटवे संस्था इसेवाको ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन्। इसेवाको मूल संस्था एफवान सफ्टका अध्यक्ष विश्वास ढकाल र उपकप्तान मल्लले आज सम्झौता पत्रमा हस्तक्षर गर्नुभएको हो ।

इसेवाले ज्ञानेन्द्रलाई एक वर्षका लागि ब्राण्ड एम्बेस्डर नियुक्त गरेको जनाएको छ। तर इसेवाले एम्बेस्डर भएबापत मल्लले पाउने रकम खुलाउन चाहेन। इम्बेस्डर भएबापत मल्लले अब आफ्नो ब्याटमा इसेवाको स्टिकर टाँस्नेछन् र त्यहि ब्याटले प्रतियोगियोगितामा ब्याटिङ गर्नेछन्।

एम्बेस्डरमा नियुक्त भएपछि मल्लले हौसला बढैको बताउनुभयो । साथै अन्य कम्पनी समक्ष पनि सकारात्मक सन्देश जाने बताए।

यसअघि इसेवाले प्रदीप ऐरी, अभिनास कर्ण र मेहबुब आलामलाई पनि प्रायोजन गरेको थियो।

इसेवाले नेपालमा हुने विभिन्न प्रतियोगिताको टिकट मोबाइलमार्फत बिक्रि समेत गर्दै आएको छ।