बाँके । जानकी गाउँपालिकाले आगमी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमा कृषिका लागि सबै भन्दा दोस्रो प्राथमिकतामा बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले सबै बस्तीका किसानलाई केन्द्रित गरेर अध्यक्ष कृषि तथा सिंचाई कार्यक्रम अन्र्तगत नियमित कार्यक्रम बाहेक १ करोड २५ लाख रकम विनियोजन गरेको छ । संभवतः बाँके जिल्लाका स्थानीयतहमा यो एकमुष्ठ कृषकका लागि सिंचाई कार्यक्रम अन्र्तगत सबै भन्दा धेरै बजेट विनियोजन गर्ने पालिका पर्दछ । गाउँपालिकाले पहिलो प्राथमिकतामा पूर्वाधार निर्माणमा सडकलाई धरै बजेट विनियोजन गरेको छ । सडकका लागि बजेट विनियोजन गर्न बाध्यता रहेको छ । वडा नं.६ को पिपरहवा चोक देखि पश्चिम जाने बाटो बाँकेकै सबै भन्दा ठूला र धेरै उद्योग रहेको र वडा नं. ५,४,३ हुँदै वडा नं. २ सी गाउँ चोक सम्म जोड्ने बाटो भएकोले यसमा बढी रकम पर्नु स्वभाविक हो भन्नु हुन्छ प्रमुख प्रशाकीय अधिकृत महेन्द्रजंग शाही ।
अध्यक्ष कृषि तथा सिंचाई कार्यक्रमले गाउँपालिका मेहनती र क्रियाशिल कृषकका लागि पालिकाले प्रोत्साहन स्वरुप उनीहरुलाई सिंचाई सुविधा दिएर हाल एकबाली वा बढीमा दुईबाली खेती गर्ने किसानलाई कम्तीमा पनि तीन बाली उत्पादनका लागि सुविधा पुग्ने गाउँपालिका अध्यक्ष रामनिवास यादवको भनाई रहेको छ । म आफै किसानीबाटै राजनीतिमा आएको हो । सिंचाई अभावमा किसानले भोग्नु परेका समस्यासँग म पूर्ण जानकार छु । यदी सबै ठाउँमा सिंचाई पुगाउन सकियो भने हरित र कृषि पर्यटक जानकीमा आउने उहाँको विश्वास छ । नेपालगन्जको बजारसँग जोडिएको छ । अधिकांस मधेसीको बाहुल्य छ । गरिब किसान छन् । दमित मानसिकता छ । त्यसैले पनि विकास हुन सकेको छैन । आफ्ना समस्या लिएर किसान गाउँपालिका सम्म त आउन सकेका छैनन । कसरी अन्य सरकारी निकायसँग आफ्ना मागको दावी गर्न सक्छन । त्यसैले ९० प्रतिशत भन्दा बढी किसान बसोबास गर्ने भएकोले किसान केन्द्रित कार्यक्रम गर्नु पर्ने पालिकाको बाध्यता भएको अध्यक्ष यादवको भनाई छ ।
पहिलो आर्थिक वर्षको बजेट परम्पराको निरन्तरतामा थियो । दोस्रो बजेट बाटाघाटा, पुल, कलभट जस्ता पूर्वाधारमा बढी खर्च भयो यस वर्ष किसानका लागि दोस्रो महत्वमा छ आगमी वर्षमा पहिलो प्राथमिकतामा पर्ने छ । अब गाउँपालिका साँच्चिकै प्रदेश सरकारको समृद्ध प्रदेश सुखी जनताको नारा साकार बनाउन म (अध्यक्ष) एकचौथाई बजेट र समय किसानका लागि हुने अध्यक्ष यादवको भनाई रहेको छ ।
आगमी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा जानकी गाउँपालिकाका सडकबाट जसरी पक्की बाटा मात्रै देखिन्छ त्यसरीनै कृषकका खेतहरु हरियाली बनाउने छौं । गाउँपालिकाको गाउँ सभा समेतले यस बर्षको बजेट प्रस्तुतिलाई एक जना सदस्य समेतले कुनै प्रश्न नगरी, कुनै विमतिका स्वर नसुनी विपक्षमा एउटा हात समेत नउठी सर्वसम्मतिले पारित भयो । हामी किसान र कृषि खेतीका लागि सिंहदबारको अनुभुति हुने गरी काम गर्दछौं भन्न्ु हुन्छ उपाध्यक्ष भुमिसरा धिताल ।