हाम्रो कृषि सहकारी सस्था कोहलपुरमा सञ्चालन

हाम्रो कृषि सहकारी सस्था कोहलपुरले “हाम्रो आर्गेनिक कृषि पसल” सञ्चालनमा ल्याएको छ । कोहलपुर गोलपार्क स्थित आफ्नो कार्यालय परिसरको एक सटरमा उक्त संस्थाले “हाम्रो आर्गेनिक कृषि पसल” लाई सञ्चालनमा ल्याएको हो । सोमबार घटस्थापनाका दिन पारेर संस्थाका प्रथम शेयर सदस्य इश्वरी कुमारी लामिछानेले उक्त कृषि मार्टको उदघाटन गर्नु भएको थियो ।

हुम्ला जुम्ला मुगु डोल्पा लगाएता जिल्लाबाट चिनो कागुनो अचार खाने भाङ्गो, टिम्मुर, घ्यु, घट्ट्मा पिसेको मकैको पिठो, कोदाको पिठो , बिभिन्न रैथाने जातका चामलहरु मार्सि, जरन फापर, कालो चुक, बेसार आदि मार्टमा पाइने सस्थाले जनाएको छ । पसल सञ्चालनकालागि उक्त सँस्थाले करिब १० लाख लागतमा उपर्युक्त सामान राख्न लागेको संस्थाका प्रबन्धक प्रमोद रिजालले जनाकारी दिनु भयो ।उहाँकोे अनुसार पछिल्लो समय खाद्यान्नमा धेरै भन्दा धेरै विषादि प्रयोग भएर बजारमा आएको हुनाले त्यस कुरालाई मध्यनजर गर्दै ग्राहकहरुलाई विशुद्ध अर्गानिक खाने कुरा उपलब्ध गराएर स्वस्थ जीवन प्रदान गर्नकालागि “हाम्रो आर्गेनिक कृषि पसल” सञ्चालनमा ल्याईएको हो । प्रबन्ध निर्देशक रिजालले भने,‘हिजोआजको हाम्रो भान्सामा पाक्ने खाने कुराहरुमा धेरै मिसावट र विषादि प्रयोग भएको पाईन्छ ।

त्यसले गर्दा हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर परीरहेको छ । त्यही कुरालाई मध्यनजर गर्दै हामीले यो पसल सञ्चालनमा ल्याएका हौं । जहाँ पाईने प्रत्येक सामानहरु विशुद्ध अग्र्यानिक र ताजा रहेका छन् ।’ खाद्यान्न सङ्गै घुम्ति तरकारि संकलन केन्द्र निर्माण गरि किसानको तरकारी घरैबाट खरिद गरि बजारिकरण गर्ने लक्ष्य समेत रहको रिजालले बताउनु भयो।

उहाँले कृषि सहकारी भुमि ब्यबस्था मन्त्रालयको सहयोगमा कोहलपुर ११ बिद्युत रोड पश्चिममा तरकारीको हाट बजार समेत गर्न लागिएको जानकारी दिनुभयो । नजिकै रहेको कृषि हाट बजारले यो “हाम्रो आर्गेनिक कृषि पसल” लाई कुनै प्रभाव पार्ने सम्भावना कति छ भन्ने प्रश्नमा निर्देशक रिजाल भन्छन्,‘न्त्यसले कुनै प्रकारको असर गर्दैन । किनभने त्याहाँ पाईने सामान र हामी कहाँ पाईने सामानमा धेरै अन्तर छ चाहे त्यो सामानको गुरस्तरमा होस् या फेरी मूल्यमा नै किन नहोस् ।’

सोमबार उद्घाटन गरिएको उक्त हाम्रो कृषि सहकारी संस्थामा लिमिटेडमा ९ जना कार्य समिति सदस्य रहेका छन् । जस्को अध्यक्षमा कर्ण बहादुर बस्नेत, सचिवमा कमल बहादुर डाँगी, कोषाध्यक्षमा सञ्जय मण्डल, सहसचिवमा बसन्ती शाही, त्यसैगरी सदस्यहरुमा क्रमश: दिपक केसी, परिञ्जर मल्ल, बसन्त गिरी, विनायक गिरी र मिना खड्का रहनु भएको छ ।२०६५ सालमा जनआस्था बहु उद्येश्यि सहकारी संस्थाको नामबाट शुरुवात गरिएको भएपनि त्यतिबेला नै कृषिसंग सम्बन्धित संस्था पनि सञ्चालन गर्ने चाहानाले उक्त संस्थालाई कोरोना कालमा सबैजना फुर्सदिला भएको हुनाले त्यो समयदेखि संस्थालाई निरन्तरता दिंदै आएर अहिले औपचारिक रुपमा सञ्चालन गरिएको संस्थाका प्रबन्ध निर्देशक रिजालले जानकारी दिनुभयो ।

उक्त पसलमा आयातित सामानहरु विशेषगरेर पहाडी र हिमाली जिल्लाहरुमा व्यापार गर्ने व्यापारीहरु जस्ले प्रत्येक्ष रुपमा किसानसंग सामान खरिद गरेर ल्याएका हुन्छन् र तिनै व्यापारिसंग सम्पर्क गरेर हाम्रो कृषि सहकारी सस्थाले “हाम्रो आर्गेनिक कृषि पसल” मा विक्रिकालागि खरिद गरिने निर्देशक रिजालले बताउनुभयो ।