नेपाल जनजाति महासंघका पूर्वमहासचिव तथा मानवशास्त्री ओम गुरुङको सोमबार निधन भएको छ। उहाँको सोमबार दिउँसो ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो। उहाँ ६८ वर्षकाे हुनु हुन्थ्यो ।
क्यान्सर देखिएपछि नयाँ दिल्लीमा उपचार गरेर उनलाई थप उपचारका लागि नेपाल ल्याइएको थियो। आइतबार अस्पताल भर्ना गरिएका उहाँको सोमबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।