पाँच महिनामा ६ खर्ब ६१ अर्ब बढी आयात, निर्यात ७३ अर्ब ६५ करोड भयो

फाइल तस्बिर

भन्सार विभागद्वारा जारी आयात निर्यात तथ्यांक अनुसार वर्षको साउनदेखि मंसिर मसान्तसम्म पाँच महिनामा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार बराबरको वस्तु आयात भएको छ।

यसैगरी नेपालले पाँच महिनामा ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको भटमास तेल, कार्पेट, अलैँची, सूर्यमुखी तेल, चियालगायत निर्यात गरेको छ।

साउनदेखि मंसिर मसान्तसम्म ९२ अर्ब ८५ करोड ६२ लाख ६२ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ।

यो पाँच महिनामा रु. ४२ अर्ब १७ करोड २८ लाख ६२ हजार बराबरको डिजेल नेपालले खरिद गरेको छ। यसैगरी रु. २६ अर्ब ४५ करोड ४३ लाख बराबरको पेट्रोल र रु. २४ अर्ब २२ करोड ९१ लाख बराबरको एलपी ग्यास आयात भएको छ।

भन्सार विभागद्वारा आइतबार  सार्वजनिक चालू आर्थिक वर्षको मंसिर मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकमा उक्त जानकारी दिइएको छ।