कोहलपुर । बाँके क्षेत्र नं एकबाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेश्वर गहतराजले आफ्नोे सम्पर्क कार्यालय स्थापना गरेका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए पछि निर्वाचन क्षेत्रका नागरिकको आफ्ना माग, समस्या र अन्य विकास निर्माणका काम सँग जोडिनकालागि कार्यालय स्थापना गरेको गहराजले बताए । सबै नागरिक सिधै आफु सँग सम्पर्क कार्यलयमा आफ्ना समस्या राख्न सकुन र उनिहरुको कामलाई जिल्ला देखि केन्द्र सम्ममा सहजताका साथ सम्पर्क होस भनेर कार्यालय खोलिएको उनले जानकारी दिए ।
बाँकेको कोहलपुर नगरपालिका वडा नं ५ मा सनिवार कार्यालय स्थापना गरिएको छ । बाँमगठबन्धनका नेता कार्याकर्ताको उपस्थितिमा कार्यक्रलयका उद्घानटन गरिएको छ । उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेताका साथै नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोईराला, बसन्ती अधिकारी, कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत लगाएतले कार्यालयको स्थापनाबाट जनताका कामहरु गर्नमा सहजता हुने अपेक्षा लिएका छन् ।