नरैनापुर । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले नरैनापुर गाउँपालिका अन्तर्गतरका एच. आई.भी. संक्रमितका लागि ए. आर. टी. डिस्पेन्सिङ सेन्टर कालाफाँटा स्वास्थ्य चौकिमा स्थापना गरेको छ ।
एच. आई.भी. संक्रमितका लागि यो सेन्टर स्थापनाले औषधी सेवनका लागि धेरै सजिलो हुने छ । राप्तीपारी नरैनापुर गाउँपालिकामा मात्रै २२ जना संक्रमितले नियमित रुपमा औषधी सेवन गर्दै आएकोमा उनीहरुको सजिलोका लागि सेन्टर स्थापना गरिएको हो । कालाफाँटा स्वास्थ्य चौकीमा सेन्टरको उद्घाटन गर्दै नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले स्वास्थ्य जस्तो गंम्भिर विषयमा गाउँपालिका जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए ।
उनले भने, यस क्षेत्रबाट नेपालगन्ज पुगेर ए. आर. टी. सेवा लिनका लागि संक्रमितलाई अतिनै दुख भोग्नु पर्ने अवस्थामा जनस्वास्थ्य कार्यालयको पहल साच्चिकै नागरिकका हितमा स्वास्थ्य सेवा छ भन्ने प्रमाण हो । गाउँपालिकाले यस क्षेत्रको विकासका लागि प्रमुख तीन वटा क्षेत्रलाई प्रथामिकता दिएको छ । जस मध्ये स्वास्थ्य पनि पर्दछ ।
अध्यक्ष शाहाले गाउँपालिकाबासीका लागि स्वास्थ्यमा कार्यक्रममा मात्र होइन बजेटमा पनि प्राथामिकता दिएको जनाए ।
सेन्टर उद्घाटन कार्यक्रममा एच आई भी संक्रमितको उपचारमा विशेषज्ञता गरेका भेरी अञ्चल अस्पतालका विशेषज्ञ डा.संकेत रिसालले राप्तीपारी एच. आई. भी. संक्रमितका लागि अब सरकारको नै उपस्थित भएको छ । उनीहरुको स्वास्थ्यमा सहयोग गर्नका लागि नेपाल सरकारले उपचार देखि औषधी सम्म निशुल्क सेवा उपलब्ध गराउनु सरकार संक्रमितको दैलोमै पुगेकोे छ ।
डा.रिसालले भारतसँग दैनिक आवत जावत हुने यस क्षेत्रम अझै बढी संक्रमित हुन सक्ने बताए । संक्रमितको पहिचानका लागि स्थानीय सरकार, स्वास्थ्यकर्मी र स्वयम् आफुलाई शंका लागेका व्यक्तिले परिक्षण गराउनमा अग्रसरता देखाउनु आवश्यकता रहेको बताए । जुन कुरा एच. आई. भी.संक्रमितका पक्षमा हुनेछ ।
कार्यक्रममा बोल्दै डा. रिसालले भने, ‘एच आई भी संक्रमण अधिक मात्रामा प्यार मोहबतले हुने संक्रमण हो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका एच. आई.भी. फोकल पर्सन एवम् अधिकृत रामबहादुर चन्दका अनुसार राप्तीपारी ४० भन्दा बढी एच. आई. भी. . संक्रमित भएको भनाई छ । तर ए. आर. टी. सेवा लिने २२ जना रहेकोले उनीहरुको सहजता र सेवाका लागि कालाफाँटा स्वास्थ्य चौकीलाई केन्द्र बनाएर सेवा सञ्चालन गरेको बताए ।
अब ए. आर. टी. सेवाका लागि नेपालगन्ज सम्म दुख पाउनु पर्दैन । घर आँगन जस्तै गरी सेवा स्वास्थ्य चौकीमा स्थापना गरिएको छ चन्दले भने । जिल्ला जनस्वास्थ्य कार्यालयले सेन्टर सञ्चालनका लागि आवश्यक पर्ने औषधी, फर्निचर लगाएतका पूर्वाधारहरु बिहीबारनै कालाफाँटा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ ।
कार्यक्रममा नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्ती श्रीवास्तव, स्वास्थ्य चौकी सञ्चालक समितिका उपाध्यक्ष, एच. आई. भी. एड्सको क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी लगाएको उपस्थिति रहेको थियो ।