प्रदेश नं. ५ सरकारको नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुँदै


बाँके । प्रदेश नं. ५ सरकारले नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सरकारको नीति कार्यक्रम आज प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
प्रदेशको नीति तथा कार्यक्रम मुख्य गरी कोरोना भाइरस संक्रमण नियन्त्रण र कृषि उत्पादनलाई प्रमुख प्राथमिकता दिने बताइएको छ । प्रदेश सभा सदस्य एवम् नेकपा बाँकेका अध्यक्ष आई पी खरेलका अनुसार प्रदेशको नीति कार्यक्रम प्रदेश सभामा प्रस्तुत हुने कार्यतालिका रहेको जानकारी दिनु भयो । प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १० गते ३ बजे प्रदेश सभामा प्रस्तुत गर्ने मन्त्रिपरिषद्को निर्णय अुसार नै प्रस्तुत हुन लागेको हो ।