बाँकेका १ र बर्दियाका ९ जना गरी थप १० जनामा कोरोना संक्रमण पुष्टि

आज बाँकेका १ र बर्दियाका ९ जना गरी थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा भएको परिक्षणमा बाँकेका १ र बर्दियाका ९ कारोना संक्रमण देखिएको हो । भेरी अस्पताल नेपालगंजका अनुसार आज कोहलपुर २ का १९ बर्षिय पुरुष कोरोनाको संक्रमण फेला परेको छ ।

यसैगरी बर्दियाको बढैयाताल गाउँपालिका २ का ४ जना, ठाकुर बाबा नगरपालिका २ का १ जना, राजापुर नगरपालिका १ का एक जना, मधुवन नगरपालिका वडा नम्बर २, ६ र ७ का ३ जना पुरुषमा कोरोनाको संक्रमण देखिएको छ ।

भेरी अस्पताल नेपालगंजको आरटीपीसीआर ल्यावमा बाँकेका १ र बर्दियाका ९ जना गरी थप १० जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालका अनुसार जानकी गाउँपालिकामा ४१, नेपालगन्ज उपमहानगरपालिकामा ३८, राप्तीसोनारी गाँउपालिकामा ४७, डुडुवा गाँउपालिकामा २५, बैजनाथ गाँउपालिकामा १४, खजुरा गाँउपालिकामा २७ र कोहलपुर नगरपालिकामा ५ जना कोरोना संक्रमित भेटिएका छन ।

अहिलेसम्म बाँँकेमा कोरोना संक्रमित हुनेहरुको संख्या ३ सय २३ जना पुगेको छ जसमध्ये २ सय २ जना संक्रमित निको भएर फर्किएका छन भने १ जनाको कोरोनका कारण मृत्यु भइसकेको छ ।