मुख्यमन्त्रीमा कर्णालीमा एमाले माओवादीकाे आलाेपालाे सहमति

कर्णाली प्रदेशमा नेकपा माओवादी र नेकपा एमालेबीच आलोपालोको सहमति भएको छ । यसअघि सातदलीय गठबन्धनमा कर्णाली सरकारको नेतृत्व गर्न एकलौटी माओवादीलाई दिने सहमति भएको थियो । मुख्यमन्त्रीमा दाबी पेश गर्नु साढे एक घण्टामात्रै बाँकी छँदा नेकपा माओवादी र नेकपा एमालेबीच सहमति भएको हो ।

अब कर्णालीमा सुरूमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई र त्यसपछिको अर्को चरणमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेतृत्व गर्नेछन्

आजै प्रदेश प्रमुखसामु शर्माले मुख्यमन्त्रीको दाबी पेश गर्नेछन् ।